Comments Add Comment

विमान अपहरणको सूचनाले मुम्बई, चेन्नई र हैदरावादमा ‘हाई अलर्ट’


३ बैशाख, काठमाडौं । विमान अपहरण गर्ने षडयन्त्रको गोप्य सूचना आएको भन्दै भारतका विमानस्थलहरुमा उच्च सतर्कता अपनाइएको छ ।

मुम्बई, चेन्नई र हैदरावादबाट उडान भर्ने विमानहरु अपहरण गर्ने षडयन्त्रको सूचना आएको भन्दै सुरक्षा सतर्कता बढाइएको हो । तीनवटै विमानस्थल र त्यस वरपरको क्षेत्रमा सुरक्षा जाँचलाई कडाई गरिएको छ ।

प्रहरीले मुम्बई विमानस्थललाई घेरा हालेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

स्रोतका अनुसार मुम्बई प्रहरीलाई एक महिलाबाट ईमेल प्राप्त भएको छ जसमा लेखिएको छ केही व्यक्तिहरुले मुम्बई, चेन्नई र हैदरावाद विमानस्थलबाट विमान अपहरण गर्ने योजना बनाइरहेका छन् । उक्त सूचना पाएलगत्तै भारतका सबैजसो विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ ।

सुरक्षा अधिकारीहरुका अनुसार विमान अपहरणको योजना बनाउनेहरुको टोलीमा २३ जना संलग्न छन् ।

इमेल पठाउने महिलाका अनुसार उनले ६ जना युवाले मुम्बई, चेन्नई र हैदरावाद एयरपोर्टबाट एकसाथ विमान अपहरण गर्ने योजना बनाइरहेको सुनेकि छन् । ति महिलाका अनुसार यो काममा २३ जना संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment