Comments Add Comment

डिपिएलमा कञ्चनपुरको दोस्रो जित, अत्तरिया ६ विकेटले पराजित

३ बैशाख, कैलाली । धनगढी पि्रमियर लिग क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा कञ्चनपुर आइकोनिकले लिगमा दोस्रो जित निकाल्ने क्रममा सिवाइसी अत्तरियालाई ६ विकेटले पराजित गरेको छ ।

जितसँगै कञ्चनपुर लिग तालिकाको चौथो स्थानमा उक्लँदा अत्तरियाले भने तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । पाँच खेलमा दुई जित र ३ हार ब्याहोरेका यी दुवै टोली लिगको चौथो र पाचौं स्थानमा छन् ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलमा आज कञ्चनपुरले ब्याट र बल दुवैमा शानदार प्रदर्शन गर्‍यो । टस जितेर कञ्चनपुरले फिल्डिङ गरेको थियो र निर्धारित ओभरमा अत्तरियालाई ८५ रनमै समेट्न सफल भयो ।

कञ्चनपुरका बलरहरुले अत्तरियाका कुनै ब्याट्सम्यानलाई धेरै समय क्रिजमा टिक्न दिएनन् । प्रदीप ऐरीको ब्याटबाट निस्किएको १९ रन अत्तरियाका ब्याट्सम्यानले बनाएको सर्बाधिक व्यक्तिगत स्कोर हो । उसका सात ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । कञ्चनपुरका लागि सुनील धमला र अभिनाश कर्णले समान ३/३ विकेट लिए ।

८५ रनको सामान्य लक्ष्य कञ्चनपुरले १० ओभरमै ९० रन बनाएर पूरा गर्‍यो । दशौं ओभरको अन्तिम बलमा कप्तान बिनोद भण्डारीले छक्का हान्दै टिमलाई जित दिलाए । उनले ५ बलमा १६ रन प्रहार गरे ।

यसअघि अेापनरहरु सागर पुन २२ र सुनील धमला २८ तथा हसिम अन्सारीले २२ रन जोडेका थिए । अत्तरियाका बिनोद लामाले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment