+
+

एभरेष्ट बैंक पनि मर्जर वा एक्वायरमा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ४ गते ११:१०


४ बैशाख, काठमाडौं । भारतीय पञ्जाव बैंकको संयुक्त लगानीको एभरेष्ट बैंक पनि अन्ततः मर्जर र एक्विजिशनबाट पुँजी पुर्याउने अभियानमा लागेको छ । बैंकले बैशाख २० गते यस्तो प्रस्ताव सहित विशेष साधारण सभाको घोषणा गरेको हो ।

बैंकले विशेष साधारण सभामा संस्थापक सेयर स्वामित्व ५१ प्रतिशतमा झार्न २४ प्रतिशत सेयर सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि लैजादैछ ।

बैंकले स्वपुँजीबाट राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब पुर्याउने विश्वासमा लगानीकर्ताहरु रहदै आएकोमा यो खबरले उनीहरुलाई निराश बनाएको छ । यही असारसम्ममा चुक्ता पुँजी तोके अनुसार पुर्याउन पर्ने भएपछि बैंकले मर्जर वा एक्विजिशन प्रक्रिया रोजेको हो ।

अन्य केही विदेशी संयुक्त लगानीका बैंकले पनि आफुले पुँजी नथप्ने गरि नयाँ निष्काशन (एफपीओ) गरेर सर्वसाधारणबाट पुँजी उठाएको थियो । पुँजी थप्न नचहाने र बोनस लाभांशमा भन्दा नगद लाभांशमा जोड दिने यी सस्थाले प्रिमियम मूल्यमा सेयर जारी गरेर त्यही रकम बोनसको रुपमा बाँडेर पुँजी पुर्याउने तयारीमा थिए । एभरेष्टले भने फरक बाटो रोजेको छ ।

पुँजी थप्नु भन्दा वा सर्वसाधारणमा थप सेयर जारी गर्नुभन्दा अपेक्षा विपरित मर्जर वा एक्विजिशन गरेर पुँजी पुयाउने योजना बनाएको हो । यद्यपी राष्ट्र बैंकको मर्जर नीतिलाई बैंकको यो निर्णयले भने साथ दिएको छ ।

बैैंकबाट अधिक बोनस वा हकप्रदको अपेक्षा गरेकाहरुले बैंकको सेयरलाई दोस्रो बजारमा उच्च मूल्य तिरी रहेका थिए । हाल बजारमा बैंकको सेयर २ हजार ४९ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?