Comments Add Comment

फिल्म हेरेर गर्भवती भइन् १३ वर्षकी किशोरी


चलचित्रलाई समाजको ऐना भनिन्छ र समाजमा सकारात्मक प्रभाव पार्नका लागि समेत चलचित्रहरुले योगदान गरेका उदाहरण छन् । तर कहिलेकाहीँ फिल्मको असर समाजमा उल्टो पनि पर्दोरहेछ । कहिलेकाहीँ फिल्ममा हत्या तथा आत्महत्याका दृष्यको सिको गर्दै बच्चाबच्चीहरुले अरु बच्चाको हत्या वा आफै आत्महत्या गर्ने गरेका सुनिएको थियो । अहिले चाहीँ अर्को अनौठो घटना भएको छ । १३ वर्षकी एक किशोरी फिल्म हेरेरै गर्भवती भएको दाबी गरिएको छ ।

समाचार अनुसार दक्षिण भारतीय तमिल भाषाको चलचित्र कलवानी हेरेपछि आफु गर्भवती भएको नाम सार्वजनिक नगरिएकी ती किशोरीले दाबी गरेकी छिन् ।

यो घटना सार्वजनिक भएसँगै चेन्नईको एक अदालतले सेन्सर बोर्डलाई अदालतमा बोलाएको छ ।

आफ्नो पेटमा रहेको गर्भका लागि फिल्म दोषी रहेको आरोप १३ वर्षकी किशोरीले लगाएप्छि उक्त फिल्मलाई पास गर्ने सेन्सर बोर्डको सर्टिफिकेटमाथि प्रश्न उठेको छ । सन् २०१० मा रिलिज भएको यो फिल्मको निर्देशन ए सर्कुनमले गरेका थिए भने त्यसमा विमल र ओवियाको प्रमुख अभिनय थियो ।

मिडिया रिपोर्ट अनुसार १३ वर्षकी ती किशोरी १० महिना पहिले आफ्नो प्रेमीसँगै घरबाट भागेकी थिइनु । घरबाट भागेर प्रेमीसँगै बस्दा सहवास भएपछि उनको गर्भ रह्यो । उक्त फिल्मबाटै प्रभावित भएर आफु ब्वाइप|mेण्डसँग भागेको उनको भनाई छ । अघिल्लो हप्ता पुलिसले ती किशोरीलाई फेला पारी अदालतमा पेश गरेको थियो । केटीका बाबुआमाले एक बन्दी प्रत्यक्षीकरणको निवेदन दिएसँगै पुलिसले ती किशोरीलाई खोजेर अदालतमा पेश गरेको थियो । अदालतमा उनले यस्तो अनौठो बयान दिइन् ।

सेन्सर बोर्डलाई अदालतमा उपस्थित हुन आदेश दिँदै अदालतले केही प्रश्नहरु पनि सोधेको छ । किशोर किशोरीहरुलाई गलत बाटोमा लाग्न प्रोत्साहन गर्ने खालका सामाग्रीहरु भएको फिल्मलाई रिलिज गर्न किन अनुमति दिएको ? लगायतका विषयमा विस्तृत विवरण पेश गर्न अदालतले भनेको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment