Comments Add Comment

निर्वाचन सुरक्षामा केन्द्रित हुन गृहमन्त्रीको निर्देशन

४ बैशाख, नेपालगञ्ज । उप-प्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले सबै सुरक्षा निकायलाई बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको सुरक्षामा केन्द्रित रहन निर्देशन दिएका छन् ।

सोमबार बिहान नेपालगन्जमा मध्यपश्चिम क्षेत्रीय सुरक्षा गोष्ठीको उदघाटन गर्दै गृहमन्त्री निधिले संघीय संरचना अनुसार प्रदेश अनुसारको सुरक्षा संयन्त्र निर्माण भै नसकेको कारण पुरानै ढाँचामा सुरक्षा व्यवस्था मिलाउन निर्देश गरे ।

उनले निर्वाचनको विषयलाई लिएर केहीको असन्तुष्टिका बाबजुद निर्वाचन सम्पन्न गर्नपर्ने भएकोले सुरक्षा चुनौती थपिएको भन्दै चारैबटा सुरक्षा निकायले एक आपसमा समन्वय गरी कार्यसम्पादन गर्ने आवश्यकता औल्याए ।

उनले भने- ‘निर्वाचन सुरक्षालाई ध्यानमा राखेर निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पछिको सुरक्षा रणनीति र योजना बनाउने उद्देश्यले गोष्ठीको आयोजना गरिएकोले तपाईहरु आ-आफ्नो कार्यक्षेत्रमा रहेका सुरक्षा चुनौतीको विषयमा छलफल गर्दै निकास निकल्नु हुनेछ ।’

उनले निर्वाचनको सुरक्षा निर्वाचन समयावधी भित्र, मतादानको दिन, मतदान केन्द्र, मात्रमा सिमित नभएर चौतर्फी सुरक्षाको प्रत्यभूति हुनुपर्ने कुरामा सचेत रहदै काम गर्न निर्देशन समेत दिए ।

उनले भने- ‘संविधान बिरोधी, भुमिगत समूह, निर्वाचनमा भाग नलिने घोषणा गरेका विभिन्न राजनीतिक पार्टी आदिको सुरक्षा थ्रेटलाई ध्यानमा राखेर सु्रक्षा चुस्त बनाउनुपर्नेछ ।’

मध्यपश्चिमका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख सहभागी रहेको सुरक्षा गोष्ठीमा मध्यपश्चिमका १२७ वटा स्थानीय तहको निर्वाचनको सुरक्षाको विषयमा रणनीति बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment