Comments Add Comment

सलमानदेखि प्रियंकासम्म, डेब्यु फिल्ममा यस्ता देखिन्थे

जुन बिन्दुबाट मानिसले आफ्नो करियर सुरु गर्छ, त्यसबेला उसको नाम हुदैन, दाम हुँदैन । एक हिसाबले आलोकाँचो हुन्छ । रुपरंग पनि झरिलो-भरिलो हुँदैन । यसको अपवाद होइनन्, सलमान खान । न त, पि्रयंका चोपडा नै । जे जति बलिउड स्टार छन्, जसको आज ‘नेम र फेम’ छ, उनीहरु हिजो कस्ता थिए ?

उनीहरुको गेटअप कस्तो थियो, अनुहार कस्तो थियो, हेयर स्टाइल कस्तो थियो ?

सलमान खानः डेब्यु- बीबी हो तो ऐसी (१९८८)

सलमान खानबाट सुरु गरौं । हुन त उनी सालिम खानका छोरा हुन्, जसले आफ्नो जमानामा ‘नेम र फेम’ पाएका थिए । ब्लकबस्टर ‘शोले’ जस्ता फिल्मका सह-लेखन गरेका सालिम त्यस बखतका नामी स्क्रिप्ट राइटर हुन् । सलमान, उनै सालिमका छोरो । यद्यपी सलमानको पर्सनालिटी अहिले जति बोल्ड र ड्यासिङ देखिन्छ, सुरुवाती चरणमा त्यस्तो थिएन ।

उनी अलि ख्याउटे देखिन्थे, फिल्म ‘मैने प्यार किया’सम्म पनि । यहि फिल्मबाट उनले सफलताको ग्राफ उक्लिएका हुन् । सलमानले डेब्यु गरेको फिल्म चाहि, बीबी हो तो ऐसी । १९८८ अगस्ट २६ मा रिलिज भएको यो फिल्ममा रेखा र फारुख सेखले अभिनय गरेका थिए ।

प्रियंका चोपडाः डेब्यु-थामीझान (२००२ मा रिलिज)

विश्व सुन्दरीको शीर्ष उपाधि जितिसकेकी अभिनेत्री प्रियंका चोपडाको बोल्ड लुक्सले जो कोहिलाई लोभ्याउँछ । उनको अभिनय पनि उत्तिकै दमदार छ । आवाज उत्तिकै सुरिलो छ । प्रियंकाले बलिउडदेखि हलिउडसम्मको यात्रा तय गरेकी छिन् । यी अभिनेत्रीको करियर चाहि तमिल फिल्मबाट सुरु भएको हो । फिल्म ‘थामीझान’बाट उनी रंगीन दुनियाँमा प्रवेश गरेकी थिइन् । यो फिल्म २००२ को अप्रिलमा सार्बजनिक भयो ।

आमिर खानः डेब्यु- कयामत से कयामत तक (१९८८)

आमिर खान ‘फिल्मी पृष्टभूमी’बाटै आएका हुन् । उनका पिता ताहिर हुसेन फिल्म निर्माता र निर्देशक हुन् । काका नासिर हुसेन पनि फिल्म निर्देशक । तिनै नासिरको फिल्म ‘योदो की बारात’मा आमिरले बाल कलाकारको भूमिका खेलेका थिए । ‘कयामत से कयामत तक’सम्म आइपुग्दा उनले दुई वटा फिल्म खेलिसकेका थिए, तर बाल भूमिकामा । ब्लकबस्टर फिल्म कयामत से कयामत तकबाट आमिर हिरो बने ।

दीपिका पादुकोणः डेब्यु- ऐश्वर्य (२००६)

मोडलिङ हुँदै बलिउड प्रवेश गरेकी दीपिका पादुकोणले हलिउडसम्मको यात्रा तय गरिसकेकी छिन् । सुरुवाती दिनमा उनले बिभिन्न कम्पनीका लागि मोडलिङ गरिन् । २००६ मा किंगफिसर स्विमसूट क्यालेन्डरका लागि पनि उनले फोटो खिचाइन् । त्यसपछि उनी हिमेश रेशमियाको एल्बमका लागि एउटा गीतमा कम्मर मर्काइन् । करियरको प्रवेश विन्दु भने, कन्नड फिल्मबाट भयो । फिल्मको नाम थियो, ऐश्वर्य ।

शाहरुख खानः डेब्यु- दीवाना (१९९२)

एकताका विश्वकै सर्वाधिक धनी अभिनेताको सूचीमा दोस्रो नम्बरमा थिए, शाहरुख खान । फिल्मका साथै विज्ञापनबाट मनग्ये आर्जन गर्ने शाहरुख सामन्य परिवारबाट उदाएका हुन् । उनको पिता ताज मोहम्मद खान एक स्वतन्त्रता सेनानी थिए । आमा लतीफा फातिमा मेजर जनरल शाहनवाज खानकी छोरी थिइन् ।

सलमानले आफ्नो करियर टेलिभिजन धारावाहिकबाट सुरु गरे । पछि उनले ‘दीवाना’बाट बलिउड प्रवेश गरे । यो फिल्म बक्स अफिसमा निकै सफल रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment