+
+
Shares

राष्ट्रपतिलाई भारतले अपमान गरेको भन्दै हमालको आक्रोश

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ५ गते ७:३८

 

राष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला भारतको राजकिय भ्रमणमा छिन् । तर, राष्ट्रपति भारतको अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिए लगतै उनलाई पहिलो गासमै ढुंगा लागेको छ । राष्ट्रपतिको स्वागतका लागि भारतकी राज्यमन्त्री एक हातमा मोबाइल बोक्दै विमानस्थल पुगेपछि यसले चर्को आलोचना भोगिरहेको छ । केहि समय अगाडि भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा नेपालले २ दिन बिदा मात्र दिएको छैन, राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफै विमानस्थल पुगेकी थिइन् ।

राष्ट्रपतिको अपमान भएको भन्दै सामाजिक संजालमा पनि चर्को टिप्पणी भैरहेको समयमा नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले पनि फेसबुकमा स्टाटस लेख्दै आक्रोश पोखेका छन् ।

उनले लेखेका छन् कि–‘जब सार्वभौम र स्वतन्त्र राज्यको सरकारले यसको स्थान समान रुपमा देखाउन सक्दैन, तब यस्तो परिणाम आउँछ । तर, कृपा पात्रको रुपमा व्यवहार गर्छ । हाम्रो सरकार र नेतृत्वले अन्तरराष्ट्रिय जगतमा छवि कलंकित मात्र पारेको छैन, स्वतन्त्र र सार्वभौम राज्यको नागरिकको गर्व पनि ध्वस्त पारेको छ । सरकारलाई त लाज हुनुपर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?