+
+
Shares

भारतीय नागरिक यादव लहानबाट अपहरणमुक्त, चार अपहरणकारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ५ गते ९:५६

५ वैशाख, सिराहा । तीन साताअघि अपहरणमा परेका भारतीय नागरिक प्रदिप यादवलाई प्रहरीले सकुसल अपहरणमुक्त गरेको छ । साथै चार अपहरणकारी पक्राउ परेका छन् ।

सगरमाथा अञ्चल प्रहरी टोलीले लहान नगरपालिका १५ बाट मंगलबार यादवलाई अपहरणमुक्त गरेको हो । एसपी शेखर कोइरालाले यादव अपहरणमुक्त भएको पुष्टि गरे ।

यादव गत चैत २३ गते अपहरणमा परेका थिए ।

प्रहरीले अपहरणमा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन । उनीहरुबारे थप अनुसन्धान भइरहेको एसपी कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?