+
+

भारतीय जनताका लागि शुभेक्षा लिएर आएको छु: राष्ट्रपति भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ५ गते १२:०३

 

५ बैशाख, नयाँदिल्ली । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतको राष्ट्रपति भवन फोरकोर्टमा भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वागत गरेका छन् ।

राष्ट्रपति भण्डारीको सम्मानमा मंगलबार बिहान ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको थियो । भण्डारीलाई ‘सेरेमोनियल’ स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जनाएका छन् ।

स्वागतपछि संक्षित प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले आफूलाई भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले राम्रो आतिथ्य प्रदान गरेको भन्दै आभर प्रकट गरिन् ।

आफ्नो भारत भ्रमणले दुई देशको मित्रतालाई अझ प्रगाढ र उचाईमा पुर्‍याउने आफ्नो विश्वास रहेको उनले बताइन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘हामी धेरै निकट छौं र, व्यक्तिगत रुपमा पनि म धेरै निकटता महसुस गर्छु’ उनले भनिन्, ‘म भारत सरकार, भारतका सम्पूर्ण जनताका लागि धेरै शुभेक्षा लिएर आएको छु ।’

भारतले गरेको विकासले नेपाललाई सहयोग पुगेको उनले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?