+
+

राष्ट्रिय बिमा कम्पनीले ३ वर्षको एकमुष्ठ बोनस दिदै

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ५ गते १२:१४


५ बैशाख, काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले ३ वर्षको एकमुष्ठ बोनस सेयर दिने भएको छ । कम्पनीले २०६०/६१ देखि २०६२/६३ सम्मको बोनस एकमुष्ठ दिन लागेको हो ।

यी वर्षहरुमा नाफा भएपछि चुक्ता पुँजीको क्रमशः ३७, ५१ र २७ प्रतिशत बानेस सेयर दिने भएको हो । कुल १ सय १५ प्रतिशत बोनस सेयर लगानीकर्ताले पाउने भएका हुन् ।

बैशाख ७ गतेसम्म सेयर स्वामित्व हुनेले बोनस सेयर प्राप्त गर्ने छन् । कम्पनीले बैशाख ८ गते बुक क्लोजको मिती तय गरेको छ । कम्पनीले २२ गते बार्षिक साधारण सभा हुने भएको छ । हाल बजारमा कम्पनीको सेयर १९ हजार ९ सय रुपैयाँमा सेयर कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?