Comments Add Comment

दया र छुल्ठिमको ‘नेप्टे’, जान्नुहोस् कथा के हो ?


आर रोशफी फिल्मस् प्रा.लिको ब्यानरमा चलचित्र ‘नेप्टे’को निर्माण हुने भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै आज चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो । सामाजिक कथावस्तुमा बन्ने यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गर्दैछन् ।

चलचित्रमा दयाहाङ राई, रोहित रुम्बा, छुल्ठिम गुरुङ, माला लिम्बु, वुद्धि तामाङ, अर्जुन गुरुङ, श्याम राई , बाबु बोगटी, जय किशन बस्नेत, जयनन्द लामा, उत्तम केसी लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

रोहित रुम्बाको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रमा किरण माइकलको पटकथा तथा संवाद, रोहितकै कथा, हरि लामाको छायांकन, रोशन श्रेष्ठको एक्सन, दिनेश पाखि्रन र कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसी र मिलन मिलन श्रेष्ठको सम्पादन, बाबु बोगटी, रोहित रुम्बा, भानुभक्त ढकाल, यमनाथ मैनालीको संगीत रहनेछ ।

निर्देशक श्रेष्ठले कार्यक्रममा भने-‘हामीले चलचित्रमा सामाजिक कथावस्तुलाई उठान गर्ने प्रयास गरेका छौ । ‘नेप्टे’ कसैले मायाले त कसैले होच्याएर बोल्ने शब्द हो । रमाइलो कथामा सामाजिक बिषयलाई उठान गर्दै चलचित्र अगाडि निर्माण हुनेछ ।’

कार्यक्रममा उपस्थित नायक दयाहाङ राइले चलचित्रको कथावस्तु राम्रो रहेको सुनाए । नायिका छुल्ठिम गुरुङले दयासँग काम गर्ने आफ्नो चाहना पुरा भएको सुनाइन् । उनले, यो चलचित्रको कथा पढेपछि नै आफू चलचित्रमा काम गर्न इच्छुक भएको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment