Comments Add Comment

पूर्णागिरिबाट फर्केका दुई जनाको मृत्यु

५ वैशाख, कैलाली। पूर्णागिरि दर्शन गरेर फर्किरहेका हसुलीयाका ३७ वर्षीय वसन्त विक र ३५ वर्षीय मीना विकको बसको ठक्करबाट मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका– ५ वन समिति नजिकै बसले ठक्कर दिँदा ती दुई जनाको मृत्यु भएको हो ।

पूर्णागिरि दर्शन गर्न जाने दर्शनार्थी लिएर कैलाली आइरहेको सुदूरपश्चिम यातायातको ना ३ ख ३९५५ नं को बसले त्यहाँबाट फर्केको से १ प ४५५५ नं को मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसले ठक्कर दिएलगतै मोटरसाइकल चालक वसन्त विकको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएकी सोही ठाउँकी ३५ वर्षीया मीना विकको महाकाली अञ्चल अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो ।

ठक्कर दिने बस चालक फरार भएको र बसलाई भने इलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment