१९ अप्रिल, क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको कार दुर्घटनामा परी एक नेपाली युवाको ज्यान गएको छ ।
सोमबार क्यालिफोर्नियाको सान फ्रान्सिस्को क्षेत्रमा भएको कार दुर्घटनामा अन्दाजी २० वर्षका एक युवकको ज्यान गएको हो । युवक पुन थरको बताइए पनि उनको परिचय प्रष्ट हुन सकेको छैन ।
सान फ्रान्सिस्कोका समाजसेवी उत्तम कार्कीका अनुसार, बाग्लुङ स्थायी ठेगाना भएका युवक गत वर्ष मात्र अमेरिका आएका थिए । गत वर्ष अन्डर १९ को फुटबल खेल्न अमेरिका आएका उनी स्थानीय रेस्टुरेन्टमा काम गर्थे ।
विदाको दिन क्यालिफोर्नियाको फार्ट ब्रागबाट डेभिस फर्कने क्रममा सोमबार दिउँसो दुर्घटनामा परी उनको ज्यान गएको कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4