+
+
Shares

प्रधानमन्त्रीलाई एमालेको आश्वासन- मोर्चालाई सहमतिमा ल्याउन हामी सघाउँछौं

चुनाव एकैचरणमा गर्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ६ गते १३:३०

६ बैशाख, काठमाडौं । आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनलाई सहमतिमा ल्याउन प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारलाई सघाउने भएको छ । एमालेले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन र बैशाख ३१ गते नै देशभर एकैचरणमा स्थानीय चुनाव गराउन सरकारलाई सुझाव समेत दिएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलको बैठकमा एमाले कार्यवाहक अध्यक्ष बामदेव गौतम, नेता माधव नेपाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए ।

बैठकपछि नेम्वाङले पत्रकारहरुसँग भने, ‘बैशाख ३१ गतेको निर्वाचनमा मधेसी मोर्चा गठबन्धन लगायत सबैलाई सहभागी गराउनका लागि सत्तापक्षले आवश्यक पहलकदमी लिए प्रतिपक्षको त्यसमा सकारात्मक सहयोग रहन्छ ।’

स्थानीय चुनावमा सहभागी हुन जनता उत्साहित भएको भन्दै बैशाख ३१ गते नै देशव्यापीरुपमा सफलतापूर्वक चुनाव सम्पन्न गराउनुपर्ने बताए । स्थानीय चुनावले जनतालाई अधिकार सम्पन्न गराउने भन्दै नेम्वाङले मधेसी मोर्चाले पनि भाग लिने विश्वास व्यक्त गरे ।

‘मधेसी, जनजाती, दलित, महिला लगायत मधेसदेखि हिमालसम्मका जनतालाई नेपालको इतिहासमा पहिलोपटक यति अधिकार सम्पन्न बनाउने जुन व्यवस्था छ, बैशाख ३१ गते कार्यान्वयन हुँदैछ,’ नेम्वाङले भने, ‘त्यस कुरालाई व्यवहारमा कार्यान्वयन हुनबाट कोही पनि मित्रहरुको अनिच्छा होला भन्ने मलाई लाग्दैन । सबैका सबै मित्रहरु अन्तिममा भाग लिनुहुन्छ भन्ने विश्वास छ ।’

यो पनि पढ्नुहोस् 

पाँच दललाई प्रधानमन्त्रीको प्रश्न- मोर्चा आए दुई चरणमा चुनाव गर्न सकिन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?