+
+
Shares

बढ्दो ब्याजदर नियन्त्रण गर्न राष्ट्र बैंकलाई परिसंघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ६ गते १८:३७


६ बैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघले बैक तथा वित्तीय क्षेत्रमा बढ्दै गएको कर्जाको ब्याजदरले औद्योगिक उत्पादनमा संकुचन आउने भन्दै यसलाई तत्काल नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकसंग आग्रह गरेको छ ।

बुधबार कायम मुकायम गभर्नर चिन्तामणि शिवाकोटीसँग भेट गर्दै परिसंघ प्रतिनिधिहरुले यस्तो आग्रह गरेका हुन् । कर्जाको बढ्दो ब्याजदरले औद्योगिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता घट्ने र रोजगारीका अवसरहरुमा समेत गिरावट आउने हुँदा यसलाई तत्काल सम्बोधन गर्नुपर्ने सुझाव उनीहरुले दिएका थिए।

परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले समग्र वित्तीय प्रणालीको सुदृढीकरण गर्न २०७३ असोजदेखि देखापरेको कर्जा योग्य पुँजीको अभाव समेत हल गर्न आग्रह गरेका छन् । परिसंघले वित्तीय प्रणालीको कर्जा योग्य पुँजीको अभाव सम्बोधन गर्न अवलम्बन गर्नुपर्ने अल्पकालिन र मध्यकालिन सुझावहरु समेत राष्ट्र बैंकलाई बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?