Comments Add Comment

८ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडकखण्ड

६ बैशाख, चितवन । घुमाउनेमा झर्न लागेको ढिस्कोको मुख्य भाग काटेर फालेपछि नारायणगढ-मुग्लिन सडकखण्ड साँझ ६बाट दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

ढिस्को काट्न आज बिहान १० बजेबाट सुरु गरिएको थियो ।

सडकबाट करिब १५ मिटरको उचाइमा रहेको ढिस्कोमाथि काम गर्दा हल्लिन थालेपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आज दिनभर सवारी आवत-जावत बन्द गरिएको थियो ।

जुनसुकै बेला पनि र्झन सक्ने अवस्थामा रहेकेा ढिस्को काटेर सडक सफा गरेपछि झण्डै ८ घण्टापछि सडक सञ्चालनमा आएको नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

ब्रेकरको सहायताले दिनभरको प्रयासमा साँझ ढिस्को झार्न सफल भएको खनालले बताए ।

सडक बिहानैबाट बन्द हुँदा जुगेडीदेखि भरतपुरको केन्द्रीय बस टर्मिनलसम्म सवारी साधनहरुको लाइन लागेको थियो । मुग्लिन भन्दा पर कुरिनटारसम्म सडकमा गाडीहरु राखिएका थिए ।

सोहि ठाउँमा गत चैत २१ गते सुख्खा पहिरो खस्दा चार सवारी साधन पुरिँदा २ जनाको ज्यान गएको थियो । सो क्षेत्रमा ६ मिटरमात्र सडक चौडा छ । त्यहाँ रहेको पहाडलाई हटाएर १५ मिटर फराकिलो बनाइँदैछ ।

सो ठाउँ नारायणगढबाट २२ किलोमिटरको दुरीमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment