Comments Add Comment

आर्थिक समाचार : कल डिपोजिट ब्याजमा बैंकको बार्गेनिङ

७ वैशाख, काठमाडौं । कल डिपोजिट ब्याजमा बैंकको बार्गेनिङलाइ आजको कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । नेपाल राष्ट्र बैंकले कल र साधारण बचत खाताको ब्याजदर समान बनाउन निर्देशन दिएपछि बैंकहरुले ग्राहकसँग बार्गेनिङ गर्न थालेको कारोबारले लेखेको छ ।

पश्चिम सेतीमा चिनियाँ पक्षको अझै अलमललाइ पनि कारोबारले लेखेको छ । ३७ हजार पदक गृह मन्त्रालयमा बेवारिसेलाई पनि कारोबारले लेखेको छ । निगम जहाज खरीदका सन्दर्भमा सरकार जमानी बस्ने फाइल मन्त्रिपरिषद्मालाई कारोबारले लेखेको छ ।

करोडौं ठगेर बैंकर फरारलाई अन्नपूर्ण पोष्ट दैनिकले मुख्य समाचार बनाएको छ । कैलाश विकास बैंक पोखरा शाखा प्रमुख रविचन्द्र खनालसहित पाँचजना कर्मचारी निलम्बनमा परको समाचारलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ ।

राजस्व संकलन लक्ष्यभन्दा बढीलाई पनि अन्नपूर्णले लेखेको छ । नेपालमै विद्युतीय साइकल निर्माणलाई अन्नपूर्णले लेखेको छ ।

लगानीकर्ताले अर्बभन्दा बढी लाभांस लिएनन्लाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । ३५ करोड रुपैयाँ फ्रिक्वेन्सी दस्तुर उठेनलाई पनि नागरिकले लेखेको छ । कोरियाली भाषा परीक्षा दरखास्तमा १५ हजारको त्रुटिलाई पनि नागरिकले लेखेको छ ।

आगामी बजेट कार्यान्वयन जटिललाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । ६३ अर्ब बढ्यो लगानीकर्ताको सम्पत्तिलाई पनि नयाँ पत्रिकाले लेखेको छ । श्रम सहचारीका लागि अंग्रेजी भाषामा कडाइलाई नयाँपत्रिकाले लेखेको छ ।

कुरा गर्दा गर्दै फोन काटिए क्षतिपूर्तिलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । नेपाली उत्पादन प्रवद्र्धनमा अमेरिकाको चासोलाई अभियानले लेखेको छ । महंगियो तरकारीलाई गोरखापत्र दैनिकले मुख्य समाचार बनाएको छ ।

चीनसँग सहज हवाई सेवाको तयारीलाई पनि गोरखापत्रले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment