Comments Add Comment

युभेन्टसको असाधारण रक्षात्मक प्रदर्शन, बार्सिलोना बाहिरियो

७ बैशाख, काठमाडौं । बार्सिलोनाविरुद्ध उसकै घरेलु मैदानमा असाधारण रक्षात्मक प्रदर्शन गर्दै युभेन्टस च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ ।

बुधबार राति भएको दोस्रो लेगमा युभेन्टसले बार्सिलोनालाई गोल गर्न रोक्यो । पहिलो लेगमा ३-० ले पराजित भएको बार्सिलोनाले क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेनविरुद्ध जस्तै उत्कृष्ट पुनरागमन गर्न चाहेको थियो ।

तर, युभेन्टसको असाधारण रक्षात्मक प्रदर्शनसामू उसको केही लागेन र गोलरसहित बराबरी खेल्दै समग्रमा ३-० को हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।

लिओनल मेस्सीको सुरुवाति गोल प्रयासलाई बुफोनले असफल पारे भने लुइस स्वरेज र नेयमारले पनि गोल गर्न सकेनन् ।

६५ प्रतिशत बल पोजिसन बनाएको बार्सिलोनो युभेन्टसको पोष्टमा १९ प्रहार गरेको थियो, जसमध्ये एक मात्र सही दिशामा थियो ।

खेलका क्रममा युभेन्टसले पनि बार्सिलोनाविरुद्ध गोल गर्ने केही मौका पाएको थियो तर, सदुपयोग गर्न सकेन ।

मोनाको पनि अन्तिम चारमा

यस्तै फ्रान्सेली क्लब मोनाको पनि च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । बुधबार राति नै भएको दोस्रो लेगमा मोनाकोले बोरुसिया डर्टमुण्डलाई ३-१ ले हराएको छ र समग्रमा ६-३ को जित निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment