Comments Add Comment

आर्थिक समाचार: ठूला उद्योगकै उत्पादन गुणस्तरहीन


८ वैशाख, काठमाडौं । नाम चलेका नेपालका ठूला उद्योगकै उत्पादन गुणस्तरहीन भेटिएको छ । ख्यातीप्राप्त दुई दर्जनभन्दा बढी उद्योगका उत्पादन तयारी चाउचाउ, बिस्कुट, प्रशोधित खानेतेल र दुध गुणस्तरहीन भेटिएको अन्नपूर्ण पोष्टले लेखेको छ ।

ठूला उद्योगकै उत्पादन गुणस्तरहीनलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । यस्ता उद्योगवाट उत्पादित उपभोग्य वस्तु मानव स्वास्थ्यका लागि हानिकारक पाइएको सरकारी प्रतिवेदनमा उल्लेख छ ।

उद्योगमन्त्रीले अन्तराष्ट्रिय समुदायलाई निर्धक्क भएर लगानी गर्न आग्रह गरेको समाचारलाई पनि अन्नपूर्णले लेखेको छ । निगमको साझेदार बन्न लुफ्थान्सा तयारलाई पनि अन्नपूर्णले लेखेको छ ।

वायुसेवा निगमको २५ अर्ब ऋणमा जमानी बस्ने सरकारको निर्णयलाइ नागरिकले मुख्य समाचार बनाएको छ । फोन काटिए ग्राहकलाई क्षतिपूर्तिलाई पनि नागरिकले लेखेको छ । २६ करोड रुपैयाँ क्षतिपूर्ति असुल्न बाँकीलाई पनि नागरिकले लेखेको छ ।

टिफा बैठक सन्दर्भमा व्यापार र लगानी सम्बन्ध थप सुदृढ बनाइनेलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । निगमको रणनीतिक साझेदार बन्न लुफ्थान्सको प्रस्तावलाई कारोबारले लेखेको छ । सिमेन्टबाहेक सबै सरकारी उद्योग बन्दलाई कारोबारले लेखेको छ ।

आन्तरिक उडानमा नेपाल वायुसेवा निगमको लापरबाही सन्दर्भमा नयाँ पत्रिका दैनिकले एक वर्षमा साढे चार हजार उडान रद्दलाइ मुख्य समाचार बनाएको छ । सेबोनको निर्देशनविपरीत सफ्टवेयर किन्दै नेप्सेलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

एफडीआई भित्रयाउन सहयोग गर्नुहोस्लाई अभियानले मुख्य समाचार बनाएको छ । नेपाली स्रोतसाधनमै सुरुङलाई पनि अभियानले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment