Comments Add Comment

काठमाडौंका नौ नगरमा माओवादीले घोषणा गर्‍यो उम्मेदवार

महेश्वर फुयाँल

९ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंका नौं नगरकालिकाका मेयर र उपमेयरको उम्मेदवार घोषणा गरेको छ । तर, काठमाडौं महागरको भने तय भएको छैन ।

माओवादीले शंखरापुर नगरपालिकाको मेयरमा कृष्णराज सुवेदी र उपमेयरमा इन्द्रमाया तामाङलाई उम्मेदवार बनाएको छ । मनोहरा कागेश्वरीको मेयरमा महेश्वर फुयाँल र उपमेयरमा रुकु रणपाल, गोकणेश्वरको मेयरमा टिआर नेपाल र उपमेयरमा रेणु कार्कीलाई उम्मेदवार बनाइएको छ ।

बुढानीलकण्ठ नगरपालिकाको मेयरमा रविन अधिकारी र उपमेयरमा होमकुमारी दुलाल, टोखामा मेयरमा कल्पना शर्मा र उपमेयरमा दिपक बानिया, तार्केश्वरको मेयरमा धनलाल महर्जन र उपमेयरमा विना रानालाई माओवादीले उम्मेदवार बनाएको छ ।

नागार्जुन नगरपालिकाको मेयरमा कुमार तामाङ र उपमेयरमा देवकी पौडेल, चन्द्रगिरीको मेयरमा श्रीकृष्ण श्रेष्ठ र उपमेउरमा उर्मिला रोका तथा दक्षिणकाली नगरपालिकाको मेयरमा संजय लामालाई उम्मेदवार बनाइएको माओवादी काठमाडौंका इन्चार्ज लेखनाथ न्यौपानेले बताए ।

काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार भने माओवादी केही पछि मात्र घोषणा गर्ने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment