Comments Add Comment

राउटेलाई भेटेर स्वास्थ्यमन्त्रीले भने-सरकारले खर्च व्यहोर्छ, उपचार पुरा गरेर मात्र जानुस्

९ बैशाख, काठमाडौं । ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले भेटेका छन् ।

अघिल्लो वर्ष पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा कपिल जलेर घाइते हुनु थएका थिए ।

उनलाई उपचारका लागि बिहीबारट्रमा सेन्टरमा भर्ना गरिएको थियो । आगोले पाखुरा, ढाड र पेट जलेका शाही एक वर्षको प्रयासपछि उपचार गराउन राजी भएपछि काठमाडौं ल्याइएको हो । उनलाई राउटे उत्थान प्रतिष्ठान, उपराष्ट्रपतिका छोरा दिपेश पुन र एनआरएन बेल्जियमका महासचिव लोक दाहालको पहलमा काठमाडौं ल्याइएको हो ।

शनिबार अस्पताल पुगेर स्वास्थ्यमन्त्री थापाले कपिलको सम्पूर्ण उपचार राज्यले गर्ने बताए । ‘संरक्षण गनुपर्ने समुदाय भएकोले उहाँको सबै उपचार राज्यले गर्छ’ थापाले भने ‘उपचारमा कुनै कमी हुन दिँदैनौं ।’

राउटे समुदायको लागि निःशुल्क स्वास्थ्य विमा गरिने पनि थापाले बताए । विमाको सबै शुल्क राज्यले व्यहोर्ने गरी विमाको व्यवस्था गरिने भन्दै उनले राउटेहरुका लागि पोषणयुक्त खानेकुराको व्यवस्था गर्न पनि कार्ययोजना बनाइने बताए ।

अस्पताल सम्म आउन नमान्ने भएका कारण उनीहरु बसेकै स्थानमा चिकित्सक सहितको घुम्ती स्वास्थ्य सेवा दिइने पनि उनले बताए । मन्त्री थापाले उपचार पुरा नभई घर नफर्किन कपिल र उनको परिवारलाई आग्रह गरेका छन् ।

राउटे बस्तीमा विरामी अवस्थामा रहेकी राउटे मुखिया मैनवहादुर शाहीकी छोरीलाई उपचारको लागि अस्पताल ल्याउन एम्वुलेन्स व्यवस्था गर्न पनि मन्त्री थापाले निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment