Comments Add Comment

लक्ष्यअघि नै तामाकोसी चलाउन अब ३ सिफ्टमा काम, बोर्ड बैठक आयोजनास्थलमै

आयोजनामा कामदार अभाव


१० वैशाख, काठमाडौं । अहिलेको लक्ष्यअनुसार काम हुने हो भने ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिट विसं ०७५ को असारसम्म सञ्चालनमा आउनेछ । पुसबाट यसले पूर्ण क्षमतामै विद्युत् उत्पादन थाल्नेछ । तर, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लक्ष्यभन्दा अघि नै तामाकोसी सञ्चालनमा ल्याइसक्ने गरी पहलकदमी अघि बढाएका छन् ।

उनले आयोजना स्थलमै पुगेर अब ३ सिफ्टमा काम थाल्न निर्देशन दिएका छन् ।  २ सिफ्टको कामलार्इ ३ सिफ्टमा विस्तारका लागि घिसिङले आवश्यक वातावरण बनाउन प्राधिकरण र प्रवर्द्धकहरु तयार रहेको आश्वासन दिएका छन् ।

तामाकोसी जलविद्युत कम्पनीका अध्यक्ष समेत रहेका उनले आइतबार दोलखाको आयजनास्थलमै बोर्ड बैठक डाँकेका छन् । उनले लक्षित समय अगावै तामाकोसी सञ्चालनमा ल्याउन के-के क-कसले गर्नु गर्नुपर्ने भन्नेबारे परार्मशदता, ठेकेदारहरु र आयोजनाका अधिकारीसँग सुझाव मागेका छन् ।


आवश्यक्ताअनुसारको निर्णय गरेर तामाकोसीलाई लक्षित समयभन्दा छिटो सम्पन्न गर्न घिसिङले बोर्ड र प्राधिकरणका तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम र प्रक्रियालाई सहज गराइदिने बताएका छन् ।

यसै आर्थिक वर्षको अत्त्यसम्म तामाकोसीबाट विजुी उत्पादन गर्न कुलमान कसिएका छन् । उनले चरम ऊर्जा संकट हुने समयमा तामाकोसीको एउटा मात्रै युनिट चलेपनि ठूलो रहात मिल्ने भन्दै कामलाई द्रुत गर्न आयोजना र ठेकेदारलाई निर्देशन दिएका छन् ।

आयोजनाको पछिल्लो प्रगतिबारे जानकारी लिन अहिले तामाकोसीका बोर्डका पदाधिकारी दोलखाको आयोजनास्थलमै पुगेका छन् । नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारी र बिमा संस्थानमा प्रमुख कार्यकारी अधिकृत आश्विनीकुमार ठाकुर पनि तामाकोसीमै छन् ।

आज तामाकोसीमै बोर्ड बैठक बसेर आयोजनालाई निर्धारित समयभन्दा छिटो सम्पन्न गर्न आवश्यक कामहरु अघि बढाउने निर्णय गर्ने तयारी छ ।


गत पुसमा पनि ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय लगायतको उच्चस्तरीय टोली आयोजना स्थल पुगेर नयाँ कार्ययोजना मागेका थिए । त्यसैका आधारमा निर्धारण गरिएको पछिल्लो लक्ष्यभन्दा पनि अघि नै आयोजना सञ्चालनमा ल्याउन घिसिङले पहल सुरु गरेका हुन् ।

हालसम्म तामाकोसीको ८८ प्रतिशत काम सकिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । अहिले विद्युत् गृह, मुख्य टनेल र बाँध निर्माणको काम भइरहेको छ । अहिले टर्वाइन र प्रशारणलाइन जडानको लागि पनि काम भइरहेको छ ।

आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, मेकानिकल र इलेक्टि्रकलका र प्रसारणलाइन/सवस्टेसन निर्माणको ठेक्का पाएका ठेकेदारहरुले छुट्टा-छुट्टै रुपमा काम गरिरहेका छन् ।

अहिले आयोजनाको मुख्य ८.६ किलोमिटरको टनेल खन्ने काम पनि चलिरहेको छ । यो सुरुङ अब ९ सय ९० मिटर मात्र खन्न बाँकी छ । आयोजनाले मागअनुसार कामदार नपाउँदा समस्या भएको जानकारी बोर्डको टोलीलाई गराएको छ । स्थानीय सञ्चारमाध्यमबाट कामदार माग गर्दै सूचना प्रकाशन/प्रशारण गरिएपनि कामदारको अभाव कायमै रहेको गुनासो आयोजनाले गरेको छ ।


घिसिङले समस्याहरु समाधान गर्दै अहिले टनेलेेको काम दुई सिफ्टमा मात्रै भइरहेको अब ३ सिफ्टमा गर्ने गरी तयारी थाल्न भनेका छन् । आयोजनामा रहेका समस्या समाधानका लागि पहल थाल्न आफूहरु पनि प्रतिवद्ध रहेको घिसिङको भनाइ छ ।

तामाकोसी ३५ अर्ब ३० करोडमा बनिरहेको आयोजना हो । यसमा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थान र नेपाल सरकारबाट स्वदेशी पुँजी लगाइएको छ ।

(यसअघि ४ सिफ्ट भएकोमा सच्याइएको छ। -सं ) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment