Comments Add Comment

नेकपाले नगरपालिकाको बोर्ड फाल्यो

११ बैशाख, प्यूठान । स्थानीय तहको निर्वाचन बहिष्कारको प्रचारात्मक अभियान चलाएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्यूठानका दुई नगरपालिका कार्यालयको बोर्ड फालेको छ ।

नेकपाले प्यूठानका दुई नगरपालिका स्वर्गद्वारी नगरपालिका भिंगृ र विजुवारस्थित प्यूठान नगरपालिका कार्यालयमा झुण्डाइएको बोर्ड फालेको हो ।

कार्यालय परिसरमा निर्वाचन बहिष्कारको पर्चा छरिएका थिए । निर्वाचन बहिष्कारको अभियान अन्तरगत नै बोर्ड फालिएको पार्टी निकट श्रोतले जनाएको छ ।

प्रहरी प्रमुख डिएसपी रञ्जित सिंह राठौरले भने बोर्ड कसले र किन फालेको एकिन नभए पनि आवश्यक सुरक्षा व्यवस्था मिलाइने बताए ।

नेकपाले जिल्लाव्यापी रुपमा निर्वाचन बहिष्कारको आह्वान गर्दै वाल पेन्टिङ तथा पोष्टर टाँस्ने अभियान नै चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment