+
+
Shares

‘क्याट वाक’ गर्ने यूवतीको पछि पल

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ११ गते १२:३२


जेठ १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’को एक गीतको भिडियो सार्वजनिक भएको छ । नितिन चन्दले निर्देशन गरेको यो चलचित्रमा पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

‘क्याट वाक’ बोलको गीतमा पल शाहलाई कोरियोग्राफरले ह्यान्डसम देखाएका छन् । साथमा, निलम चन्दले यो गीतमा पलसँगै अभिनय गरेकी छिन् । स्वचित शाक्यको स्वर रहेको यो गीतले यूवापूस्तालाई आकर्षण गर्न सक्छ ।

यो गीतको भिडियोमा चलचित्रका केही दृश्यहरु समेत समावेश गरिएको छ । नायक पल शाहले चलचित्रमा लोभलाग्दो एक्सन अवतार प्रस्तुत गरेको गीतको भिडियो हेर्दा अड्कल लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?