Comments Add Comment

पहिलो चरणको चुनावः कति प्रतिनिधि चुनिन्छन् ? हेर्नुस् इन्फोग्राफिक्स

११ वैशाख, काठमाडौं । दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयसँगै अब बैशाख ३१ गते तीन प्रदेशमा मात्र मतदान हुने भएको छ ।

सरकारले मधेसी मोर्चासँग भएको सहमति अनुसार दुई चरणमा चुनाव गर्ने निर्णय गरेको हो । जस अनुसार प्रदेश नम्बर ३, ४ र ६ मा बैशाख ३१ गत चुनाव हुनेछ भने प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ गते हुनेछ ।

चार महानगरपालिकामा पहिलो चरणमै चुनाव हुने भएको छ । तर, १३ उपमहागर मध्ये एक वटामा मात्र पहिलो चरणमा मतदान हुनेछ ।

मेयर, उपमेयर, गाउँपालिका प्रमुख र उपमुख, वडाध्यक्ष र सदस्यहरू गरी पहिलो चरणको निर्वाचनले १४ हजार ११४ प्रतिनिधि छनोट गर्नेछ ।

बाँकी १८ हजार बढी जनप्रतिनिधि भने दोस्रो चरणको निर्वाचनले चुन्नेछ । दोस्रो चरणको चुनावी तालिका सोमबार मात्र निर्वाचन अायोगले सार्वजनिक गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment