Comments Add Comment

राष्ट्रियसभाबाट विज्ञापन नियमन विधेयक पारित

Photo Credit : फाइल तस्वीर

१० चैत, काठमाडौं । राष्ट्रियसभाले विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई पारित गरेको छ ।

आइतबार बसेको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई संसोधनसहित बहुमतले पारित गरेको हो ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनको १ देखि १६ सम्मका संशोधित बुँदा सहित विधेयक पारित भएको हो । यसअघि विधायन समितिको प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालको सन्दर्भमा नयाँ र नगरी हुने विषय भएकाले व्यवहारमा प्रभाव पारेका विषयलाई मात्रै विधेयकमा उल्लेख गरिएको स्पष्ट पारे ।

उनले कानुनबाट नै बाध्यकारी बनाउनका लागि सजायको व्यवस्थालाई त्यही ढंगले राखिएको भन्दै आवश्यकताका आधारमा संशोधन गर्दै लैजान सकिने बताए । छलफलमा सदस्यहरुले कानुनी प्रावधान कडा राखिएको भन्दै कम गर्नुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment