Comments Add Comment

‘फ्रेस फेस’: ‘म बोल्ड छैन, तर निकै चुलबुले छु’: जेविका कार्की(भिडियो)

'खगेन्द्र लामिछानेसँग रोमान्स गर्न मन छ'

नेपाली चलचित्र क्षेत्रमा राम्रो कलाकार बन्ने सोचका साथ आएकी कलाकार हुन्, जेबिका कार्की । जेबिकाले अभिनय गरेको चलचित्र ‘पर्व’ जेठ १२ गतेबाट रिलिज हुँदैछ । उनले चलचित्र ‘जन्मभूमि’बाट रजतपटमा डेब्यू गरेकी हुन् । उनी, अभिनित अर्को चलचित्र ‘कारखाना’ प्रदर्शनका लागि तयार भएको छ ।

जेविकासँग गरिएको ‘फ्रेस फेस’ कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः


चलचित्र ‘पर्व’मा नम्रता श्रेष्ठ र माला लिम्बुसँग काम गर्दा आफू छायाँमा पर्छु भन्ने डर नलागेको उनले बताएकी छिन् । उनले २ जना चलिसकेको नायिकाको साथमा काम गराउँदा निर्देशक दिनेश राउतले आफूलाई छायाँमा पार्नुहुन्न भन्ने लागेको उनले सुनाइन् । आफूलाई नायिका बन्छु भन्ने सोच कहिल्यै पनि नभएको तर नृत्यमा भने रुची भएको उनले सुनाइन् ।

अभिनय भनेको ‘नशा’ रहेछ भन्ने वुझेकी जेविकाले अब आफूलाई एउटा राम्रो कलाकार बन्न मन लागेको सुनाइन् । फरक-फरक चलचित्रमा विविधता अपनाउँदै काम गर्न मन लागेको उनले बताइन् । आफ्नो अंगमा आँखा मनपर्ने बताउँदै जेविकाले भनिन्-‘मलाई जुनसुकै क्यारेक्टर दिइएतापनि त्यसलाई वुझेर भूमिकामा ढाल्न सक्छु जस्तो लाग्छ ।’ आफू अत्यन्त चञ्चले भएको जेविकाको भनाई छ ।

चलचित्र ‘पर्व’मा जेविका र नायक कोशिश क्षेत्रीको रोमान्टिक दृश्य छ । जेविका त्यसलाई सरप्राइजको रुपमा लिन आग्रह गर्छिन् । उनले नम्रता श्रेष्ठले अभिनय गर्दा ‘स्विच अन र अफ’ हुने समेत सुनाइन् । उनले आफूलाई खगेन्द्र लामिछानेसँग रोमान्स गर्न मन लागेको जेविकाले चाहना व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment