Comments Add Comment

आलियाले गर्ने भइन् शाहरुखसँग रोमान्स

आलिया भट्टले बलिउडमा एकपछि अर्को सफलताको खुडि्किलो उक्लिइरहेकी छिन् । उनले अभिनय गरेको पछिल्लो फिल्म बद्रिनाथकी दुल्हनीया सुपरहिट भएको थियो । अहिले फेरि उनलाई अर्को गतिलो फिल्म हात लागेको छ ।

शाहरुख खानको आगामी फिल्ममा आलियालाई फाइनल गरिएको खबर छ । आलियाले यसअघि ‘डियर जिन्दगी’ मा शाहरुखसँग रोमान्स गरिसकेकी छिन् । यसअघि दिपिका पादुकोण, सोनम कपुर देखि अनुष्का शर्मासम्मको नाम यस फिल्मका लागि चर्चामा थियो ।

शाहरुख, आलिया र फिल्मका निर्देशक आनन्द एल राय सँगै उभिएको एउटा तस्बिर सामाजिक सञ्जालमा आएको छ । यसले पनि फिल्ममा आलिया छनोट भइसकेको पुष्टि गर्छ । यद्यपि निर्माण पक्षबाट यसको औपचारिक जानकारी दिइएको छैन ।

दुई नायिका रहने यस फिल्ममा कैटरिना कैफ यसअघि नै छनोट भइसकेकी छिन् । फिल्मको नाम भने अहिलेउसम्म जुरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment