बलिउडमा बायोपिक्सको लहर चलिरहेको छ । यसको पछिल्लो कडीका रुपमा आउँदैछ अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायोपिक्स ।
पछिल्लो खबरअनुसार सुपरस्टार सलमान खानसमेत यो फिल्ममा देखिनसक्ने सम्भावना बढेको छ । सञ्जय दत्त आफैंले यस विषययमा सलमानसँग कुराकानी गरेका छन् । स्रोतका अनुसार फिल्ममा सलमान खान केमियो रोलमा हुनेछन् । यद्यपि सलमान र सञ्जय दत्त दुवैले यो कुरा मिडियालाई बताएका छैनन् ।
यस बायोपिक्समा रणवीर कपुरले सञ्जय दत्तको भूमिका निभाएका छन् । फिल्ममा नेपाली अभिनेत्री मनिषा कोइराला सञ्जयकी आमाको भूमिकामा रहनेछिन् । फिल्मको निर्देशन राजकुमार हिरानीले गरेका हुन् । -एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4