Comments Add Comment

डीआईजी नवराज सिलवाल छुटे, सर्वोच्च भने लगिएन

११ वैशाख, काठमाडौं । नेपाल प्रहरीले डीआईजी नवराज सिलवाललाई बयान लिएर छाडेको छ । तर, सर्वोच्च अदालतमा भने उपस्थित गराइएन ।

डीआईजी सिलवाललाई हेडक्वाटर लगेर उनीमाथि लागेको अभियोग जानकारी दिनुका साथै बयान लिइएको छ, जसको भिडियो रेकर्ड समेत गरिएको छ ।प्रहरीको छानविन टोलीले सिलवाललाई सोमबार विहान नियन्त्रणमा लिएको थियो । उनका कानुन व्यवसायीका रुपमा वरिष्ठ अधिवक्ता शम्भु थापा पनि सँगै गएका थिए ।

सिलवालले कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै गृह मन्त्रालयले डीआईजी विजयकुमार भट्टको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

त्यही समितिले बयान लिएको र सिलवाललाई छाडिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘बयान लिन ल्याइएको थियो । बयान सकेर उहाँको घरमा छाड्न पठाइएको छ ।’

सिलवाललाई सर्वोच्च भने लगिएन

छानविन टोलीले सिलवालसँग बयान लिइरहेका बेला सर्वोच्च अदालतमा भने बन्दीप्रत्यक्षीकरणको रिटमा बहस भएको थियो । सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई सर्वोच्चका रजिष्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहबरमा सोमबार नै रिहा गर्न आदेश पनि दियो ।

तर, प्रहरीले उनलाई अदालत लगेन । वरिष्ठ अधिवक्ता थापा हेडक्वाटरबाट सिधै सर्वोच्च अदालत आएका थिए । उनले भने, ‘म आफ्नो गाडीमा आएँ, उहाँ प्रहरी भ्यानमा हुनुहुन्थ्यो तर, सर्वोच्चमा ल्याइएन ।’

प्रहरी हेडक्वाटर स्रोतले भने सर्वोच्चको आदेशको जानकारी आइनसकेको प्रतिक्रिया दिएको छ ।

यो पनि पढ्नुहोस् 

डीआईजी नवराज सिलवाल पक्राउ

किन पक्राउ परे नवराज सिलवाल ? के हो कीर्ते काण्ड ?

डीआईजी नवराज सिलवाललाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश

सिलवालले सरकारी कागजात किर्ते गरेको मन्त्रिपरिषद्को ठहर, कारवाहीको तयारी

आईजीपी अर्याललाई काम गर्ने बाटो खुला, सिलवालको रिटमा अन्तरिम आदेश भएन

आईजीपी अर्यालले बोलाएको बैठकमा सिलवाल गएनन्, चन्द भने सहभागी

२०७४ वैशाख ११ गते १८:२९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment