Comments Add Comment

नयाँ शक्तिले पोखराको मेयर र उपमेयरको उम्मेदवार सिफारिस गर्‍यो

११ बैशाख । नयाँ शक्ति पार्टी नेपालले पोखरा–लेखनाथ महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोट गरेको छ ।

पोखरा लेखनाथ महानगरको सोमबार बसेको बैठकले सर्वसम्मत रुपमा मेयरको उम्मेदवारका लागि हेमबहादुर थापा, जितबहादुर तमु (मामा) र नारायणहरि तिवारीलाई तथा उपप्रमुखमा कमला रानाभाट र लक्षी खाती परियारलाई सिफारिस गरेको हो ।

यस्तै नेपाली काँग्रेस लुम्ले गाउँ कार्यसमितिले पत्रकार राजबहादुर गुरुङलाई कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा उम्मेदवारीका लागि सिफारिस गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment