Comments Add Comment

बालबालिकालाई विद्यालय होइन, काममा लगाउँछन् मुसहर


१२ वैशाख, मोरङ । घरकै छेउमा विद्यालय छ । तर, मोरङको बाहुनी–बनौलमा बसोबास गर्ने मुसहर समुदायका बालबालिका विद्यालय जाँदैनन् ।

गाउँको विद्यालयमा नाम लेखाएका पनि हजुरआमा हजुरबुबालाई काम सघाउनु पर्ने भएकाले विद्यालय जान पाउँदैनन् ।

मोरङको बाहुनी सोमबारेकी अन्जना ऋषिदेव १० वर्ष पुगिन् । तर उनले विद्यालय देखेकी छैनन् । उनी भन्छिन्, ‘बुबा आमा पञ्जाब जानुभएको छ । पाँचवर्ष भयो, म र दिदी हजुरआमासँग बस्छौँ ।’ हजुरआमाले सधैँ काममा पठाउने गरेकाले विद्यालय जान नपाएको उनले सुनाइन् ।

अर्की देवकुमारी ऋषिदेव विद्यालयमा भर्ना भएकी त छन् तर, फुर्सदमा मात्र स्कुल जान्छिन् । बुबाआमा नै पञ्जाब गएपछि उनको पनि बुढी भएकी हजुरआमालाई घरायसी काम सघाउँदै दिन बित्ने गर्छ ।

अझ कञ्चन ऋषिदेवका बुबा खटनाले त आमालाई मात्र होइन दाजुभाइलाई पनि पञ्जाब लगेका छन् । उमेर समेत कति भयो थाहा नपाउने कञ्चनले

उनले बाबुको ब्यबहारप्रति दुःख प्रकट गरिन् । बनौल र सोमबारे क्षेत्रका बालिकाको दिन नै गुइँठा बनाउने तथा झिँझा र गोबर खोज्दै बित्ने गर्छ ।

बनौल र सोमबारे क्षेत्रका अल्पसङ्ख्यक सीमान्तकृत मुसहर जातिमा स्वास्थ्यसम्बन्धी चेतना झनै शून्य छ । प्रत्येक युवाका सरदर पाँचजना छोरी छन् ।

माटो काट्ने, पुर्ने, बाँध बाँध्ने र कृषिसम्बन्धी परम्परागत पेसा सङ्कटमा पर्दै गएपछि उनीहरू पछिल्लो १० वर्षयता भारतको पञ्जाब र हरियाणामा काम गर्न गएका हुन् । यही हप्ता पञ्जाब जाने तयारी गरिरहेका बुधन ऋषिदेवले भने, ‘आफ्नो माटो छैन, परिवार ठूलो भयो, खान लगाउन दिनै पर्यो ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment