१२ बैशाख, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका-१ दलदलेमा आज दिउँसो कारको ठक्कर एक महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार बुटवलबाट नारायणगढ जाँदै गरेको बा १२ च १६७१ नम्बरको कारले पैदल यात्री बुलिङटार-४ की ३५ बर्षीया तिलमाया ठाडा मगरलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
तिलमायालाई ठक्कर दिएको कार लगत्तै दुर्घटनामा परेको थियो । दुर्घटनामा परी कारमा सवार ४ जना घाइते भएका छन् । घाइतेहरुको भरतपुरस्थित पुरानो मडिकल कलेजमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4