बलिउड अभिनेता आमिर खानले कुनै पनि अवार्ड समारोहमा भाग नलिएको १६ वर्ष भएको थियो । तर, हालै उनी एउटा ‘लो प्रोफाइल’ को अवार्ड लिन स्टेजमा उक्लिए ।
आमिरलाई ७५ औं मास्टर दीनानाथ मंगेशकर अवार्ड दिइएको हो । गायिका लता मंगेशकरको परिवारद्वारा सञ्चालित यो अवार्ड आमिरलाई उनको फिल्म ‘दंगल’ का लागि दिइएको हो । अवार्ड संघका प्रमुख मोहन भागवतले आमिरलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
यो भन्दा अगाडि आमिरले १६ वर्षअघिको ओस्कार अवार्ड समारोहमा भाग लिएका थिए, जब उनको फिल्म ‘लगान’ सो अवार्डका लागि नामांकित भएको थियो ।
त्यसपछि उनले देशभित्रका सबै अवार्ड समारोह वहिष्कार गर्दै आएका छन् । आफूले अबार्ड पाउनुपर्ने फिल्मबाट पनि नपाएको भन्दै उनले बहिष्कारको निर्णय लिएका हुन् । अन्ततः लगा मंगेस्करको अनुरोधमा उनले आफ्नो बहिष्कारलाई तोडिदिए । – एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4