+
+

ग्लोबल, एनएमबी र नेपाल बंगलादेशमा कसको नाफा कति ?

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १३ गते १३:२७


१२ बैशाख, काठमाडौं । ग्लोबल आइएमइ बैंकको नाफा करिब ४३ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) १ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने १ अर्ब ४७ करोड रुपैयाँ कमाएको हो । ग्लोबल आइएमइ क्यापिटल समेत सञ्चालनमा रहेको ग्लोबल समूहको नाफा भने १ अर्ब ४९ करोड पुगेको छ ।

बैंकको व्यवसाय आकारमा पनि बढोत्तरी भएको छ । गत वर्ष २ अर्ब ७ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा २ अर्ब ६५ करोड ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा २८ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकले करिब ८३ करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ । बैंकले २७ करोड ९५ लाख रुपैयाँ राइट ब्याक समेत गरेको छ ।

बैंकले ३० करोड रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ । बैंकको खराब कर्जाको दरमा घट्दो क्रममा रहेको छ । कुल कर्जामा खराब कर्जाको दर गत आवको चैतसम्ममा १.५३ मा सिमित भएको छ ।

बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमामा सहज नै देखिएको छ । यो अनुपात ११.८७ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) कसिलो भएको छ । यो दर ७८.८५ प्रतिशत छ ।

बैंकको चुक्ता पुँजीमा ७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप २७ प्रतिशतले बढेर ८१ अर्ब ८१ करोड र कर्जा २७.५७ प्रतिशत बढेर ७३ अर्ब १३ करोड लगानी भएको छ । बैंकको पुँजी लागत बढेर ५.३७ प्रतिशत पुगेको छ भने कर्जा दिदा आधार मानिने बेस रेट पुसको ७.१४ को तुलनामा बढेर ८.५६ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २७.१७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.७५ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ५३ रुपैयाँ रहेको छ ।

एनएमबी बैंक

एनएमबी बैंकको नाफा करिब ४८ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) ७७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने १ अर्ब १४ करोड रुपैयाँ कमाएको हो । एनएमबी क्यापिटल समेत सञ्चालनमा रहेको एनएमबी समूहको नाफा भने १ अर्ब २३ करोड पुगेको छ ।
बैंकको व्यवसाय आकारमा पनि बढोत्तरी भएको छ । गत वर्ष १ अर्ब ३७ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा १ अर्ब ८५ करोड ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा ३५ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकले करिब ६२ करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ । बैंकले ४९ करोड ९८ लाख रुपैयाँ राइट ब्याक समेत गरेको छ । बैंकको गैर सचालन आम्दानी ४ करोड रुपैयाँ भएको छ ।

बैंकले ४३ करोड रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ । बैंकको खराब कर्जाको दर स्थिर देखिएको छ । कुल कर्जामा खराब कर्जाको दर १.७० रहेको छ ।

बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमामा निकै सहज देखिएको छ । यो अनुपात १३.६३ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) सहज अवस्थामा आएको छ । यो दर ७० प्रतिशत मात्र छ । बैंकहरुलाई केही समयको लागि उत्पादन मुलक क्षेत्रमा गएको कर्जाको ५० प्रतिशत हिस्सा यस दरको गणनामा लिन नपाइने व्यवस्थाले घटेको देखिन्छ ।

बैंकको चुक्ता पुँजीमा ६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप २४ प्रतिशतले बढेर ७१ अर्ब १५ करोड र कर्जा २४ प्रतिशत बढेर ६० अर्ब २४ करोड लगानी भएको छ । बैंकको पुँजी लागत केही बढेर ४.६२ प्रतिशत पुगेको छ भने कर्जा दिदा आधार मानिने बेस रेट पुसको ७.५४ को तुलनामा बढेर ८.९५ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २९.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.५७ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ६१ रुपैयाँ रहेको छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकको नाफा करिब १७ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) ७० करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने ८२ करोड रुपैयाँ कमाएको हो ।

गत वर्ष ९७ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा १ अर्ब ८ करोड ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा ११ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकले करिब ७५ करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ । बैंकले १२ करोड रुपैयाँ राइट ब्याक समेत गरेको छ ।

बैंकले १९ करोड रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ । बैंकको खराब कर्जाको दर घटेको छ । कुल कर्जामा खरा कर्जाको दर गत आवको चैतसम्ममा १ प्रतिशत हाराहारीमा छ ।

बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमामा सहज भएको छ । यो अनुपात १३.१४ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) सहज अवस्थामा आएको छ । यो दर ७२ प्रतिशत मात्र छ । बैंकहरुलाई केही समयको लागि उत्पादन मुलक क्षेत्रमा गएको कर्जाको ५० प्रतिशत हिस्सा यस दरको गणनामा लिन नपाइने व्यवस्थाले घटेको देखिन्छ ।

बैंकको चुक्ता पुँजीमा ५ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप ७.५४ प्रतिशतले बढेर ३८ अर्ब ५३ करोड र कर्जा करिब १९ प्रतिशत बढेर ३७ अर्ब २८ करोड लगानी भएको छ । बैंकको पुँजी लागत केही बढेर ४.९१ प्रतिशत पुगेको छ भने कर्जा दिदा आधार मानिने बेस रेट पुसको तुलनामा केही बढेर ७.८४ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ७१ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?