Comments Add Comment

गुठीको जग्गामा चलेका सार्वजनिक विद्यालय हराउँदै

१४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा गुठीको स्वामित्वमा रहेका, सत्तल र सार्वजनिक जग्गामा सञ्चालन भएका सार्वजनिक विद्यालय हराउने अवस्थामा पुगेका छन् । भौतिक पूर्वाधार र बालमैत्री नभएका मात्र होइनन्, गुठी चल्दा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ ।

विद्यालयमा भौतिक र शैक्षिक गुणस्तर नभएका कारण स्थानीय अभिभावकको सार्वजनिक विद्यालयमा रुचि घट्दै गएको हो । सबल धोला प्राविमै पढेका स्थानीय आफूले पढेको विद्यालयमा अहिले आफ्ना छोराछोरी पढाउन नसकेको बताउँछन् ।

गुठीको स्वामित्वमा रहेका जग्गा र भवन उनीहरूले नेै प्रयोग गर्दा विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन् । विद्यालयको भवन गुठीको जग्गामा बनेकाले विद्यार्थी कम हुँदै गएपछि गुठीले नै प्रयोग गर्न थालेको छ ।

शान्ति निकुञ्ज मावि भागवतीबारीका स्रोतव्यक्ति कृष्ण विष्टले सबल धोला विद्यालयमा नेपाली नागरिक अभिभावक नभएका कारण विद्यालय व्यवस्थापन समिति गठन गर्नसमेत कठिनाइ भएको बताए । सो विद्यालयको रजिस्ट्ररमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म २६ जना भर्ना भएका छन् ।

नियमित रूपमा १० जनाको हाराहारीमा विद्यार्थी रहेको पाइएको उनले बताए । भर्ना भएका विद्यार्थी पनि कुनै चाडपर्वमा घर जाँदा विद्यालयमा विद्यार्थीको खडेरी हुने गरेको स्रोतव्यक्ति विष्टले बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment