१४ वैशाख, बुटवल । बुटवलको अमरपथमा रहेको एक घरमा आगलागि भएको छ ।
दिउँसो २ बजेतिर भएको आगलागी बुटवल उपमहानगरपालिकाको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको छ ।
आगलागीबाट ठूलो क्षति भने नभएको बताइएको छ । बिशाल मोहन ओझाको घरको छत जलेर नष्ट भएको छ भने त्यहाँ रहेका सामग्रीहरुको क्षति भएको छ ।
आगलागीको कारण भने खुलेको छैन । आगोलागेपछि निस्किएको धुवा देखेपछि स्थानीयले प्रहरीलाई तत्काल खबर गरेकोले ठूलो क्षती नभएको प्रहरीले जनाएको छ ।
उता रुपन्देहीको सुद्धोदन गाउँपालिका मैनहियामा रहेको वियर उत्पादक कम्पनी टाइगर ब्रुअरी इन्डस्टि्रज प्रा.ली.मा पनि आगलागी भएको छ ।
जेनेटर सर्ट भएर आगलागी भएको र आगलागीबाट झण्डै ५ करोड बराबरको क्षति भएको कम्पनीले दाबी गरेको छ ।
त्यहाँ लागेको आगो बुटवल प्रहरी र बुटवल उपमहानगरपालिकाबाट गएको दमकलले करिब १२ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए ।
प्रतिक्रिया 4