१४ बैशाख, बुटवल । स्थानीय तहको निर्वाचनमा बुटवलको पर्यटन बिकास गर्ने चुनावी घोषणापत्र ल्याउन बुटवलका ब्यबसायीले दलहरुलाई सुझाब दिएका छन् ।
बुटवललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी सबै राजनैतिक दलहरुले चुनावी घेषणापत्रमा समाबेस गर्नुपर्ने उनीहरुको माग छ ।
उनीहरुले गौतम बुद्धको जन्म स्थल लुम्बिनीको निकटमा रहेको बुटवललाई विश्वकै पर्यटकीय नगरका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् ।
बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले यो अभियानका लागि राजनैतिक दल र यहाँका सामाजिक संघ संस्था सक्रिय हुनुपर्ने धारणा राखे ।
बुटवल नगरलाई सुरक्षित वसोबासको स्थल बनाउनका लागि ट्राफिक व्यवस्थापन जरुरी रहेको बताउदै वक्ताहरुले सार्वजनिक सवारी साधन पार्किङको व्यवस्थापनका लागि बुटवल उपमहानगर पालिका गम्भिर हुनु पर्नेमा जोड दिए ।
पर्यटकीय गन्तव्यका लागि बुटवमा पूर्वाधार बनिरहेकाले सबै निकायले चासो दिनुपर्ने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जि.सी. ले बताए ।
अर्का ब्यबसायी खिमानन्द गौतमले बुटवललाई सुन्दर, शान्त र सुरक्षित आवासिय क्षेत्रका रुपमा विकास गर्न सके यस क्षेत्रका पर्यटकीय ,धार्मिक तथा एैतिहासिक स्थलको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा ब्यबसायी बमबहादुर थापा ,रामप्रसाद गौतम, बाबुराम गौतम,पत्रकार दिनेश खडका लगायतले बुटवललाई पर्यटनसंग जोडेरे बिकास गर्नुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया 4