+
+
Shares

बोल्ड अभिनेत्रीसँग क्रिकेटरको इंगेजमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १५ गते १३:१५

भारतमा फेरि एक क्रिकेटरले फिल्मी अभिनेत्रीसँग सम्वन्ध गाँसेका छन् । क्रिकेटर जाहिर खान र अभिनेत्री सागरिका घाटगेबीच हालै इंगेजमेन्ट भएको हो ।

‘चक दे इन्डिया’ की अभिनेत्रीले एउटा तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरिन् जसमा उनले औंलामा ईंगेजमेन्टको औठी लगाएको देखिन्छ । यसै वर्षको अन्त्यसम्ममा यो जोडीले विवाह गर्ने अनुमान गरिएको छ ।

जाहिर र सागरिकाको भेट एउटा पार्टीमा भएको थियो । त्यहाँबाट साथी बनेका उनीहरु पछि प्रेममा परेका हुन् ।

सागरिकाले सन् २०१२ मा आएको फिल्म ‘रश’ मा पहिलोपटक लीड रोल गरेकी थिइन् । यस फिल्ममा उनको अपोजिटमा इमरान हासमी थिए । फिल्ममा सागरिकालदे हासमी सँग थुप्रै बोल्ड र किसिङ सिन दिएकी छिन् ।

सो फिल्मले राम्रो ब्यापार भने गर्न सकेन । ‘चक दे इन्डिया’ मा पि्रती सभरवालको भूमिकाबाट उनले आफ्नो पहिचान बनाउन सफल भइन् । त्यसपश्चात उनले आधा दर्जन फिल्ममा काम गरेकी छिन् ।

गत वर्ष जाहिर र सागरिका क्रिकेटर युवराज सिंहको विवाहमा पुगेका थिए । त्यहाँका तस्वीरहरु पनि उनीहरुले सामाजिक सञ्जालमा सेयर गरेका छन् । यसैगरी हालै सागरिकाको फिल्म ‘इरादा’ को स्क्रीनिङमा जाहिर पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?