१५ बैशाख, काठमाडौं । म्यानपावरवाली शर्मिला पराजुली ढकाल ओमानका लागि नेपाली राजदूत नियुक्त भएकी छन् । मन्त्रिपरिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्या भण्डारीले शुक्रबार पराजुलीलाई राजदूत नियुक्त गरेकी हुन् ।
म्यानपावर व्यवसायी पराजुलीलाई राजदूत बनाउन सिफारिस गरेपछि चर्को आलोचना भएको थियो । परराष्ट्रमन्त्रीले उनको नाम पनि राजदूतहरुको सूचीबाट काटे । तर, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको दबावमा सरकारले उनको नाम थपेर राजदूत सिफारिस गर्यो ।
संसदीय समितिले पनि उनको नाम सहजै अनुमोदन गर्यो । शुक्रबार राष्ट्रपतिले पनि संविधानको धारा २८२ को उपधारा १ बमोजिम भन्दै म्यानपावरवाली पराजुलीलाई राजदूत नियुक्त गरेकी छन् ।
यस्तै श्रीलंकाका लागि नेपाली राजदूतमा विश्वम्भर प्याकुरेललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4