Comments Add Comment

बाँकेको होलियामा आगलागी, ४० घर नष्ट

१५ वैशाख, नेपालगन्ज । बाँकेको होलिया चौफेरीमा आगलागि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले दिएको जानकारी अनुसार शुक्रबार दिउसो साढे तीन बजे लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको अथक प्रयासबाट आगो नियन्त्रणमा लिने प्रयास भए पनि समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आउन सकेको छैन । उनले घटनामा मानवीय क्षति नभएको बताए ।

‘आगलागीको खबर आउने वित्तिकै टोली घटनास्थलमा पठाईएको छ,’ प्रहरी प्रमुख राईले अनलाईनखवरसंग टेलिफोनमा कुरा गर्दै भने,’टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणको काम सुरु गरिसकेको भएपनि आगो नियन्त्रणमा आउन सकेको छैन् ।’

उनले दिएको जानकारी अनुसार नेपालगन्जबाट हिँडेको दमकल खडैचा नपुग्दै बाटौमै फसेको कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्तिलाई आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ ।

यसैबीच प्रत्यक्षदर्शी निरुता सिंहले आगलागीबाट ४० बढी घर जलेर नष्ट भईसकेको र आगो बढ्दो क्रममा रहेकोले क्षति बढ्न सक्ने बताइन ।

केहीदिन अघि मात्र सोही होलियाकै कुडुवा गाउमा भएको आगजनीबाट ३ बालबालिकाको मृत्यु हुनुको साथै ८ घर जलेर नष्ट भएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment