Comments Add Comment

५ करोडको बजेटमा हिडेरै अमेरिका पुग्ने कथाको मुख्य हिरो खगेन्द्र


निर्देशक दीपेन्द्र के खनाल चलचित्रमा नयाँ नयाँ प्रयोग गर्न रुचाउँछन् । उनले ‘द यूगदेखि यूगसम्म’बाट ‘लभ लभ लभ’ सम्म आइपुग्दा चलचित्रमा नयाँ नयाँ प्रयोग गरिरहेका छन् ।

उनै, दीपेन्द्र अब एक जटिल बिषयमा चलचित्र बनाउन तम्सिएका छन् । नेपालबाट महंगो रकम तिरेर विभिन्न देशको बोर्डर हुँदै हिडेरै अमेरिका पुग्ने नेपालीहरुको कथामा दीपेन्द्रले चलचित्र बनाउन लागेका छन् । उनकै कथा र निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा कलाकार खगेन्द्र लामिछाने देखिनेछन् ।

चलचित्रको छायांकन मंसिर १५ गतेबाट सुरु हुनेछ । यस अगाडि ‘लभ लभ लभ’ निर्माण गरेकी निर्मात्री शर्मिला पाण्डेले छोरा सुरज पाण्डेको नाममा राखिएको सुरज सिने आर्टस्को ब्यानरबाट यो चलचित्र निर्माण गर्न लागेकी हुन् । कार्यक्रममा बोल्दै दीपेन्द्रले भने-‘यो एउटा जटिल बिषय हो । तर, हामीले आँटेका छौ । चलचित्रले मनोरञ्जन मात्र नदिएर समाजको यथार्थ चित्रण पनि उठान गर्नेछ ।’

उनका अनुसार, चलचित्रको छायांकन नेपाल, भारत, पेरु, मेक्सिको, ब्राजिल हुँदै अमेरिकाको टेक्साससम्म गरिनेछ । १२ वटा देशमा छायांकन गर्नुपर्ने भएकाले पनि चलचित्रको बजेट ५ करोड राखिएको उनको भनाई छ ।

कलाकार लामिछानेले आफू एक जटिल तथा मार्मिक बिषयको चलचित्रमा काम गर्न तयार भएको बताउँदै हरेक कोणबाट मिहिनेत गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment