Comments Add Comment

संविधान संशोधन नगरी २१ गतेसम्म किन सर्‍यो संसद बैठक ?

सभामुख भन्छिन्-दलहरुलाई सहमतिका समय दिएकी हुँ

फाइल तस्वीर

१७ बैशाख, काठमाडौं । संविधान संशोधन गर्ने तयारी भइरहेका बेला आइतबार बसेको संसद बैठक एकाएक कार्यसूचीमै प्रवेश नगरी बैशाख २१ गतेसम्मका लागि स्थगित भयो ।

संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास गराउने सरकारको तयारी र जसरी पनि रोक्ने विपक्षीको योजनाका बीच संसद बैठक स्थगित हुँदा धेरैका लागि चासोको विषय बनेको छ ।

नबनोस् पनि किन ? मधेसी मोर्चाले संविधान संशोधन नभई स्थानीय तहको चुनावमा भाग नलिने अडान लिएको छ । र, पहिलो चरणको चुनावका लागि उम्मेदवारी दर्ताको समय पर्सि १९ गतेका लागि तोकिएको छ ।

तर, मोर्चाले चाहेको जस्तो १९ गतेअघि नै संशोधन पास हुने सम्भावना अब टरेको छ । किनकि नेपाली कांग्रेसका पूर्वसांसद नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक २१ गतेसम्मका लागि स्थगित भएको छ ।

बैशाख २१ सम्म किन सर्‍यो संसद बैठक ?

सत्तारुढ दलका नेताहरुले संविधान संशोधनको पक्षमा दुई तिहाई पुगेको दाबी गरिरहेकै बेला बैठक सरेको छ ।

बहुमत पुगेको भए किन स्थगित भयो त संसद बैठक ? शोक प्रस्ताव पास भएपछि आधा घण्टाको वीचमा अर्को बैठक राख्न सकिन्थ्यो, जुन विगतमा भएको पनि हो ।

स्रोतले अनलाइनखबरलाई भन्यो, दुई तिहाई बहुमत त पुग्यो तर, कांग्रेसकै सांसदहरु काठमाडौंमा छैनन् ।’

कांग्रेसका ५ सांसद काठमाडौं बाहिर छन् । जसमध्ये गीता वाग्ले त देश बाहिर छिन् । पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कासहितका चार सांसद पनि काठमाडौं बाहिर छन् ।

मुस्लिकले पुर्‍याएको दुई तिहाई अर्थात ३९६ मत पनि कांग्रेसकै कारण नपुग्ने भएपछि संसदमा संशोधन प्रस्ताव तत्काल अघि बढाउन सक्ने अवस्था रहेन ।

अर्को कारण भनेको यदि कुनै कारणले दुई तिहाई पुगेन र संशोधन फेल भयो भन्ने ? भन्ने प्रश्न हो ।

विपक्षी गठवन्धनमा भएका एक-दुई सिटे सांसदहरुलाई तानेर बल्लबल्ल दुई तिहाई पुर्‍याइएको छ । कुनै कारणले मतदानको क्रममा पुगेन भने संशोधन फेल हुने खतरा रहेकाले पनि सत्तारुढ दलका नेताहरु हच्किएको स्रोतका दाबी छ ।

नेताहरुका अनुसार संसद बैठक बैशाख २१ लाई सरेपछि छलफलका लागि थप समय पाइने भयो । यद्यपि सभामुख ओनसरी घर्ती मगरले नेताहरुसँगको परामर्शका आधारमा सहमतिका लागि समय दिएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment