Comments Add Comment

सगरमाथा आधार शिविरको खोँचमा खसेर चर्चित स्वीस आरोहीको मृत्यु

१७ बैशाख, काठमाडौं । विश्व हिमाल आरोहणको क्षेत्रमा ‘स्वीस मेसिन’को उपमा पाएका ४१ बर्षीय उली स्टेकको सर्बोच्च शिखर सगरमाथा आरोहणका क्रममा खोँचमा खसेर मृत्यु भएको छ ।

सगरमाथाको पहिलो आधारशिविरमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो ।

६ जना उद्धारकर्ताको समूहले उनको मृत शरीर हिउँले ढाकिएको खोँचभित्र पेला पारेका छन् । उनको टिममा रहेका अन्य पर्वतारोहीले टुक्रा टुक्रा भएको स्टेकको शव संकलन गरेका छन् । साथै उद्धारका लागि फिसटेल एयरको हेलिकप्टर पनि सगरमाथा आधारशिविरतर्फ पठाइएको छ ।

यस सिजन सगरमाथा आरोहणका क्रममा मृत्यु हुने स्टेक पहिलो आरोही भएको अनुमान गरिएको छ ।

उनको सगरमाथा आरोहण गरी सँगै गरेको ल्होत्से हुँदै र्फकने योजना थियो । यसलाई आारेहणको भाषामा हर्नबाइन रुट भनिन्छ ।

सन् २००७ मा पनि उनी अन्नपूर्ण हिमाल आरोहणका क्रममा दुर्घटनामा परेका थिए । त्यतिबेला २०० फिट तल खसेर गम्भीर घाइते हुन पुगेका थिए ।

स्टेकले अतिरिक्त अक्सिजन बिना नै सगरमाथाको सफल आरोहण गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment