Comments Add Comment

एमालेले कीर्तिपुर र चन्द्रागिरीमा मेयरको उम्मेदवार टुंग्यायो

१७ बैशाख, काठमाडौं । नेकपा एमालेले काठमाडौंका दुई नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ ।

काठमाडौंको कीर्तिपुर र चन्द्रागिरी नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार घोषणा गरिएको एमाले केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए ।

एमालेले कीर्तिपुर नगरपालिकामा मेयरको उम्मेदवारमा रमेश महर्जन र उपमेयरमा सरस्वती खड्काको नाम घोषणा गरेको छ भने चन्द्रागिरी नगरपालिकाको मेयरको उम्मेदवारमा प्रल्हाद कार्की र उपमेयर निशा नकर्मीको नाम घोषणा गरेको छ ।

दुवै नगरपालिकाका सबै वडाहरुमा एमालेले वडाध्यक्ष र सदस्यहरुको उम्मेदवार चयन गर्न सकिरहेको छैन । छिट्टै सबै उम्मेदवारको घोषणा हुने श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment