Comments Add Comment

को हुन् राजामौली ? जसले तीन खानको रेकर्ड पनि ब्रेक गरिदिए

मुम्बई । ४३ वर्षीय एसएस राजामौलीले दुई वर्ष अगाडी ‘बाहुबली द बिगिनिङ’ बनाएर देखाए, जसको फिल्ममले सिंगै भारतलाई प्रभावित बनाउन सक्छ ।

कटप्पाले बाहुबलीलाई किन मारे ? सामाजिक सञ्जालदेखि मिडियामा समेत यहि विषयले चर्चा पायो । त्यसो त भारतका सूचना एवं प्रशारण मन्त्री वेंकैया नायडुले यो फिल्म हेरेपछि भनेका थिए । ‘राजामौलीले भारतीय सिनेमाको सबै सुत्रहरु ध्वस्त पारिदिन्छन् ।’

बाहुबली -२ ले रिलिजको पहिलो दिनमै १२१ करोड रुपैंयाको ब्यापार गर्‍यो । अहिले पनि बलिउडमा फिल्मको ब्यापारमा शाहरुख खान, सलमान र आमिर खानकै बोलवाला छ । राजामौलीले तीन खानको रेकर्ड पनि ब्रेक गरिदिए ।

स्क्रिप्ट राइटरका छोरा राजामौली

फिल्मी दुनियामा राजामौलिले पनि फिल्मी विरासत पाए । उनका बुबा बिजयेन्द्र प्रसाद बलिउडका लोकपि्रय स्त्रिmप्टराइटर हुन् । उनको जन्म कर्नाटकको रायचुरमा भएको थियो । उनी मुल त आन्ध्र प्रदेशको पश्चिमी गोदावरी जिल्लाका हुन् ।

कोटागिरी वेंकेटश्वराको सहायक भएर उनी फिल्म उद्योगमा प्रवेश गरेका थिए । त्यसपछि राघवेन्द्र रावको सहायक बने राघवेन्द्रसँग राजामौलीले शान्ति निवास टिभी सिरियलमा काम गरे ।

सुरुवातकै दिनमा उनले आफ्नो मेहनत र लगनको छाप छोड्न सफल भए । जो, निर्देशकसँग काम गरे, सबै ठाउँमा उनले आफ्नो पहिचान कायम राखे । सन २००९ मा राजामौलीले मगाधीरा र सन २०१२ मा ईगा बनाए । यहि दुई फिल्मले उनलाई निर्देशकको रुपमा स्थापित गरायो । ‘मगाधीरा’ भारतमा निकै लोकपि्रय भयो ।

सन २०१५ मा राजामौली दर्शकको बिचमा बाहबली लिएर आए । उक्त फिल्मले यस्तो प्रभाव छाड्यो । फिल्म चलाउन कुनै स्टारको जरुरी भएन ।

बाहुबलीले विश्वभरवाट ६५० करोड रुपैंया कमाई गरेको थियो । सय करोड कमाई गर्ने पहिलो गैर हिन्दी फिल्म पनि बन्यो । तेलगु फिल्म इतिहासमा पनि सबै भन्दा धेरै कमाउने फिल्म यही नै बन्यो ।

बाहुबली-२ ले त प्रदर्शन हुनु अगाडी नै सेटलाइट र प्रशारण अधिकार बेचेर पाँचसय करोड कमाई गरिसकेको थियो । उनले नेशनल अवार्ड, तीन पटक फिल्म फेयर अवार्डलगायत अन्य थुप्रै अवार्ड पाइसकेका छन् । सन २०१६ मा भारत सरकारले राजामौलीलाई पद्यमश्री अवार्ड प्रदान गरेको थियो । -बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment