+
+
Shares

चट्याङ लागेर दुईको मृत्यु, सात घाइते

रासस रासस
२०७४ वैशाख १८ गते १०:००

१८ वैशाख, पर्वत । पर्वतको दुई ठाउँमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

आइतबार साँझ झरीसँगै परेको चट्याङले जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका २२ वर्षीय विक्रम नेपालीको मृत्यु भएको छ भने महाशिला गाउँपालिका–६ फलामखानीका ३६ वर्षीय धनकुमारी थापाको मृत्यु भएको हो ।

चट्याङ लागेर नेपालीको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने थापाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । रुखमुनि बसेका नेपालीलाई चट्याङ लागेको थियो भने थापालाई आँगनमा हात धुँदै गर्दा चट्याङ लागेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर पाङ्राङका विवेक क्षेत्री, अनिल नेपाली, मनोज नेपाली घाइते भएका छन् भने फलामखानीका नन्दु थापा, चन्द्रबहादुर थापा, कमला सुनार र माया सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?