+
+
Shares

राजपा नेपालका नेता भन्छन्-हाम्रो चिन्ता संविधान संशोधन हो, महाअभियोग होइन

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १८ गते १४:२८

१८ बैशाख, काठमाडौं । नवगठित राष्ट्रिय जनता पार्टी नेपालका नेता बृषेशचन्द्र लालले आफूहरुको चिन्ता महाअभियोग नभई संविधान संशोधन भएको बताएका छन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महांअभियोगबारे आफूहरुले छलफल गरेर निर्णय लिने उनले बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजाना गरेको साक्षात्कारमा राजपा नेपालका नेता लालले भने भने,’यो आभियोगमा गम्भीर आरोपहरु लागेका छन्, त्यसैले संसदमा छलफल गर्न दिनुपर्छ ।’

महाअभियोग संवैधानिक रुपमा दर्ता भएको भन्दै उनले २५ प्रतिशत सांसदहरुले हस्त्ााक्षर गरेर महाअभियोग प्रस्ताव दर्ता गराएको अवस्थामा यो गलत हो भनेर पहिल्यै भन्न खोज्नु संसदमाथि एकाधिकार जमाउन खोज्ने प्रयास भएको टिप्पणी गरे ।

आफूहरुलाई यतिवेला महाअभियोगको विषयमा भन्दापनि संविधान संशोधनको विषयमा बढि चासो र चिन्ता रहेको भन्दै राजपा नेता लालले भने,’पहिला संविधान संशोधन हुनुपर्छ, हाम्रो चिन्ताको विषय यो हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?