Comments Add Comment

एमालेको अडानः बजेटपछि गरिने चुनाव ‘बहिस्कार’ हुन सक्छ

'दुई चरणमै चुनाव गरे पनि जेठ १५ अगावै गरौं'

१८ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी जेठ १५ मा नै बजेट ल्याउनुपर्ने र त्यसअघि नै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने अडान लिएको छ । बजेट ल्याएर दोस्रो चरणको चुनाव गर्न खोजे चुनावमा सहभागिताबारे नै प्रश्न उठ्ने एमालेको चेतावनी छ ।

पार्टीको घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै सोमबार एमाले अध्यक्ष केपी ओलीले बैशाख ३१ र जेठ ३१ मा दुई चरणमा चुनाव गर्दा मतपेटिकाको सुरक्षा हुन नसक्ने दाबी गरे ।
ओलीले भने, ‘फरेन्सिक ल्याबमा त हामीले जे भन्छौं, त्यही लैजानुपर्छ । भन्ने । हामी भनेअनुसार नगर्ने हो भने… भनेर महान्यायाधीशविरुद्ध महाअभियोगले लगाउने सरकारको भर पर्न सक्दैनौं ।’

जेठ १५ को बजेट सार्न बाधा अड्काउ फुकाउ ओलश जारी गर्ने प्रस्ताव स्वीकार्य नहुने ओलीले बताए । उनले भने, ‘जेठ १५ मा बजेट जारी हुनुपर्छ । बजेट अगाडि एक चरण, दुई चरण जे हो, चुनाव गर्नुपर्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट ल्याएर दोस्रो चरणमा चुनाव गर्न खोजे अस्वीकार्य हुने बताए । यसो गरिए धाँदलीपूर्ण हुने भन्दै उनले कस्तो चुनाव गर्ने, कसले भाग लिने/नलिने प्रश्न उठ्ने बताए ।

एमाले अध्यक्ष ओलीले सरकारलाई चेतावनी दिँदै भने, ‘सबै धाँदली एमालेलाई स्वीकार्य हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment