Comments Add Comment

ललितपुर महानगरमा कांग्रेसको उम्मेदवार चिरीबाबु महर्जन


१८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपमेयरमा गिता सत्यालको नाम टुंग्याएको छ ।

नेपाली कांग्रेसले चार महानगरपालिकामध्ये ललितपुर महानगरपालिकाको मात्र अहिलेसम्म उम्मेदवार सार्वजनिक गरेको हो । चिरिबाबु महर्जन यसअघि लगातार तीन कार्यकाल वडाअध्यक्ष भएर काम गरेका व्यक्ति हुन् ।

उपमेयरका उम्मेदवार सत्याल पूर्व शिक्षक हुन् । अहिले उनी ललितपुर महिला संघको अध्यक्ष समेत हुन् ।

एमालेले यसअघि नै हरिकृष्ण व्यञ्जनकारलाई मेयरको उम्मेदवार बनाइसकेको छ ।

माओवादी केन्द्रले भने ललितपुरमा अहिलेसम्म उम्मेदवार टुंग्याउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment